Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा १ अर्ब १० करोड लगानी गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दति निक्षेपमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा राख्ने निर्णय गरेको हो।

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई चैत १ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार कुल रकममध्ये वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गरिनेछ।

उक्त लगानी सन् २०२६ मार्च १९ देखि २०२७ मार्च १९ सम्म अर्थात् ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले नियमित रूपमा कर्मचारी सुरक्षण कोष लगायतका कोषमा रहेको रकम बैंकिङ प्रणालीमा मुद्दति निक्षेपमार्फत लगानी गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/