Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल विशेष सेवा ऐनका पुराना प्रावधान पुनर्जीवित गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

आज बसेको प्रतिनिधिसभाको बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकलाई पारित गरेको हो। यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत…


विज्ञापनAdvertisement Banner
1 min read

आज बसेको प्रतिनिधिसभाको बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकलाई पारित गरेको हो।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्तुत विधेयकमाथि दफावार छलफल भएको थियो। समितिमा छलफलका क्रममा कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएकाले समितिको प्रतिवेदनमाथि छुट्टै निर्णय लिनु परेको थिएन। विधेयकअन्तर्गत साविकको व्यवस्था पुनः लागू गर्ने विषयमा रहेको दफा २ लाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यस क्रममा प्रतिनिधि सभाका बहुमत सांसदले पारित गरेपछि सभामुख अर्यालले उक्त दफा पारित भएको घोषणा गरेका थिए।

प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै नेपाल विशेष सेवा (गुप्तचरी निकाय) सम्बन्धी २०४२ सालको ऐनमा रहेका केही महत्वपूर्ण कानुनी व्यवस्थालाई पुनः प्रभावकारी बनाउने बाटो खुलेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/