Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सीटीईभीटी कर्मचारी आन्दोलनले शैक्षिक गतिविधिमा असर, प्रवेश परीक्षा पनि प्रभावित हुने संकेत

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी आन्दोलनमा उत्रिएपछि परिषद्अन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक तथा प्रशासनिक सेवाहरू प्रभावित भएका छन्। कर्मचारीहरूले दबाब बढाउन भक्तपुरस्थित सीटीईभीटीको केन्द्रीय कार्यालयमा भेला…


विज्ञापनAdvertisement Banner
2 min read

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी आन्दोलनमा उत्रिएपछि परिषद्अन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक तथा प्रशासनिक सेवाहरू प्रभावित भएका छन्। कर्मचारीहरूले दबाब बढाउन भक्तपुरस्थित सीटीईभीटीको केन्द्रीय कार्यालयमा भेला भएर आन्दोलनलाई निरन्तरता दिएका छन्।

कर्मचारी आन्दोलनका कारण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत देशभर रहेका ६७ वटा आङ्गिक शिक्षालय, ७ वटा प्रदेश कार्यालयसहित विभिन्न आयोजना, प्राविधिक प्रशिक्षण प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सिप परीक्षण समिति र केन्द्रीय कार्यालयबाट प्रदान हुने सेवामा असर परेको छ।

आन्दोलनमा प्रशिक्षकसहितका कर्मचारी सहभागी भएपछि प्राविधिक शिक्षातर्फका नियमित शैक्षिक गतिविधि प्रभावित हुने अवस्था सिर्जना भएको छ। यसको प्रत्यक्ष असर विद्यार्थीको शैक्षिक क्यालेन्डर तथा आगामी परीक्षाको तालिकामा पर्न सक्ने देखिएको छ।

सीटीईभीटीले शैक्षिक सत्र २०८३ का लागि डिप्लोमा तथा पीसीएल र प्रिडिप्लोमा तहमा प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ। उक्त परीक्षाका लागि हालसम्म कुल ५६ हजार ९ सय २६ विद्यार्थीले आवेदन दिएका छन्।

आवेदन दिनेमा डिप्लोमा तथा पीसीएल तहका ५२ हजार ९ सय ५६ र प्रिडिप्लोमा तहका ३ हजार ९ सय ७० विद्यार्थी छन्। ठूलो संख्यामा विद्यार्थी प्रवेश परीक्षाको तयारीमा रहेका बेला कर्मचारी आन्दोलन लम्बिँदै गएमा परीक्षा सञ्चालनदेखि अन्य शैक्षिक प्रक्रियासमेत प्रभावित हुन सक्ने देखिएको छ।

परिषद्का विभिन्न तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा केन्द्रित भएपछि दैनिक प्रशासनिक कामसमेत नियमित रूपमा सञ्चालन हुन नसकेको अवस्था छ। आन्दोलनको निकास समयमै ननिस्किए आगामी शैक्षिक गतिविधिमा थप प्रभाव पर्न सक्ने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/