Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले मूल्य वृद्धि गरिएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ निर्धारण गरिएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

यता, एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्यमा आएको परिवर्तनका आधारमा नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/