
कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ८.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।
सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित बोनस शेयर तथा नगद लाभांश साधारण सभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले प्राप्त गर्नेछन्।





Leave a Reply