Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार केही प्रमुख तरकारीको मूल्य न्यून स्तरमा कायम रहेको छ। समितिका अनुसार सानो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार केही प्रमुख तरकारीको मूल्य न्यून स्तरमा कायम रहेको छ।

समितिका अनुसार सानो लोकल गोलभेंडा प्रतिकिलो न्यूनतम १५ रुपैयाँ र लोकल बन्दा २० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्थानीय काउली ९० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, लौका ६० रुपैयाँ तथा भिण्डी ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा बिक्री भइरहेको छ।

यसैगरी इस्कुस ६० रुपैयाँ, रायो साग १५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ र न्यूरो ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम गरिएको समितिले जनाएको छ।

आलुतर्फ रातो (लाम्चो) आलुको औसत मूल्य प्रतिकिलो ५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ र भारतीय रातो आलु ३४.७५ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याजको औसत मूल्य ५५.२५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फूजी स्याउको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ, नेपाली मालभोग केरा प्रतिदर्जन १९० रुपैयाँ, कागती १८३.३३ रुपैयाँ, जुनार २८५ रुपैयाँ र अनार ४७५ रुपैयाँ रहेको छ। नेपाली ड्रागन फ्रुट प्रतिकिलो ३७५ रुपैयाँ तथा एभोकाडो ७५० रुपैयाँ औसत मूल्यमा कारोबार भइरहेको छ।

मसला तथा अन्य कृषि उपजमध्ये अदुवाको औसत मूल्य प्रतिकिलो २१३.७५ रुपैयाँ, हरियो धनिया ३७५ रुपैयाँ, नेपाली सुकेको लसुन १९० रुपैयाँ र चिनियाँ सुकेको लसुन २१८.३३ रुपैयाँ रहेको समितिले जनाएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक रूपमा बजारमा आउने कृषि उपजको आपूर्ति र मागका आधारमा थोक मूल्य निर्धारण गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/