काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड स्काइवेललाई नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले स्काइवेलको बीई ११ मोडललाई नेपालमा ल्याएको हो। उक्त विद्युतीय गाडीलाई नाडा अटो शो २०२६ मा सार्वजनिक गरिएको छ।
बीई ११ दुई प्रकारका ब्याट्री विकल्पसहित उपलब्ध छ। ७१.९८ किलोवाटआवरको एनएमसी ब्याट्री भएको संस्करणले एकपटकको पूर्ण चार्जमा ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यस्तै, ५१.९१ किलोवाटआवरको एलएफपी ब्याट्री भएको संस्करणले ४१० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने बताइएको छ।
गाडीमा १५० किलोवाटको मोटर जडान गरिएको छ भने ८०० भोल्टको उच्च भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ। डीसी फास्ट चार्जरबाट करिब ३५ मिनेटमा ब्याट्री ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
बीई ११ मा पानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, फराकिलो इन्टेरियर र आधुनिक डिजाइनजस्ता सुविधा रहेका छन्। गाडीको ग्राउन्ड क्लियरेन्स १९८ मिलिमिटर रहेको छ, जसले नेपाली सडकका विभिन्न अवस्थाका लागि उपयोगी हुने कम्पनीको दाबी छ।
नाडा अटो शोका क्रममा सार्वजनिक गरिएको मूल्यअनुसार ४१० किलोमिटर रेन्ज भएको इन्ट्री भेरियन्टको नियमित मूल्य ४९ लाख ९९ हजार रुपैयाँ, कम्फर्ट भेरियन्टको ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ५२० किलोमिटर रेन्ज भएको संस्करणको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ। अटो शो अवधिका लागि यी मोडलमा छुट मूल्यसमेत घोषणा गरिएको छ।
एलआरआर मोटर्सले नेपालमा स्काइवेलको बिक्री, सेवा तथा बिक्रीपछिको सेवाका लागि आधिकारिक प्रतिनिधिका रूपमा काम गरिरहेको छ। नाडा अटो शोमा कम्पनीको स्टल एच१९ मा रहेको छ।






Leave a Reply