Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बागमती म्युनिसिपल पार्क–रिसोर्ट निर्माण प्रकरण : पूर्वअर्थमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेश प्रदेश अन्तरगत सर्लाहीको बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा उनिहरु…


विज्ञापनAdvertisement Banner
2 min read

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेश प्रदेश अन्तरगत सर्लाहीको बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणसँग सम्बन्धित अनियमितताको आरोपमा उनिहरु माथि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

मुद्दा दायर गरिएका अन्य व्यक्तिमा मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेल रहेका छन्।

आयोगका अनुसार उक्त निर्माण आयोजनामा कुल ३९ करोड ३९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ। यद्यपि, संलग्नताको आधारमा प्रत्येक प्रतिवादीविरुद्ध फरक–फरक बिगो र सजायको माग गरिएको छ।

पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरविरुद्ध ३५ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस्तै, मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलले ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याएको आरोप अख्तियारले लगाएको छ। उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको छ। त्यसैगरी, निर्माणको जिम्मा लिएको बिकोई धुलिखेल जेभीमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले कानुनी कारबाहीको माग गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/