काठमाडौं , सरकारले रु. १०० वा सोभन्दा बढीको खरिदमा नगद वा अनलाइन भुक्तानी गरी बिल लिने उपभोक्तालाई प्रोत्साहन गर्न नयाँ योजना ल्याएको छ। यसअन्तर्गत हरेक दिन एक जना बिल लिने नागरिकलाई लखपति बनाइने तथा प्रत्येक महिना दुई जनालाई जनही रु. १० लाख पुरस्कार प्रदान गरिनेछ।




