spot_img
21.7 C
Kathmandu
spot_img
Homeसमाचारसार्वजनिक बिदा व्यवस्थाको पुनरावलोकन गर्न चार सदस्यीय कार्यदल गठन हुने

सार्वजनिक बिदा व्यवस्थाको पुनरावलोकन गर्न चार सदस्यीय कार्यदल गठन हुने

नेपाल सरकारले सार्वजनिक बिदा व्यवस्थालाई पुनरावलोकन गर्ने उद्देश्यले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भइसकेको अवस्थालाई ध्यानमा राख्दै विद्यमान अन्य सार्वजनिक बिदाको समीक्षा गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन् । कार्यदलले १५ दिनभित्र आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनेछ । बैठकले चालु आर्थिक वर्षभित्र तयार गर्ने लक्ष्य राखिएका विधेयकहरूको मस्यौदा सम्बन्धित मन्त्रालयहरूले यथाशीघ्र तयार गर्न प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी, लामो समयदेखि प्रयोगमा रहेका तर वर्तमान सन्दर्भमा आवश्यक नभएका तथा प्रशासनिक कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने कानुनहरूको पहिचान गरी तिनलाई खारेज गर्ने प्रक्रिया सम्बन्धित मन्त्रालयहरूले अघि बढाउने निर्णय बैठकले गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here