Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्वास्थ्य बीमा बोर्डद्वारा २१७ अस्पताललाई १ अर्ब ३ करोड भुक्तानी

काठमाडौं — स्वास्थ्य बीमा बोर्डले २१८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ। स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — स्वास्थ्य बीमा बोर्डले २१८ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरेको छ।

स्वास्थ्य बीमा बोर्डको जेठ १२ गतेको निर्णयअनुसार हाललाई स्वीकृत भएको रकम सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी पठाइएको बोर्डका उपसचिव, लेखा पुष्प प्रसाद गुरागाईंले जानकारी दिएका छन्।

मोरङको नोबेल मेडिकल कलेजलाई सबैभन्दा धेरै ३ करोड ७९ लाख ९४ हजार रुपैयाँ दोस्रोमा चितवनको भरतपुर अस्पताललाई ३ करोड ७९ लाख ८३ हजार, तेस्रोमा मोरङकै विराट मेडिकल कलेज टिचिङ अस्पताललाई ३ करोड ३३ लाख ४७ हजार र काभ्रेको धुलिखेल अस्पताललाई ३ करोड १४ लाख ७४ हजार रुपैयाँ भुक्तानी दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/