Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जेनजी आन्दोलनको एक वर्षपछि पनि बीमा दाबी भुक्तानी अधुरै

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दाबीमध्ये ठूलो हिस्सा अझै पूर्ण रूपमा भुक्तानी हुन सकेको छैन। आन्दोलनबाट करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको…


विज्ञापनAdvertisement Banner
3 min read

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दाबीमध्ये ठूलो हिस्सा अझै पूर्ण रूपमा भुक्तानी हुन सकेको छैन। आन्दोलनबाट करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिए पनि बीमा गरिएको भने २३ अर्ब १९ करोड रुपैयाँ बराबर रहेको बीमा प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आन्दोलनसँग सम्बन्धित क्षतिमा २३ अर्ब १९ करोड रुपैयाँ बराबरको माग दाबी ३ हजार ३ सय ९० बीमितले बीमा कम्पनीसमक्ष पेश गरेका छन्। ती दाबीमध्ये असार २२ सम्म ८ अर्ब ८२ करोड रुपैयाँ मात्रै भुक्तानी भएको छ। यो कुल दाबी रकमको करिब ३८ प्रतिशत हो। यस आधारमा अझै ठूलो रकमको दाबी प्रक्रिया पूरा हुन बाँकी रहेको देखिन्छ।

आन्दोलनका क्रममा विभिन्न व्यवसाय तथा संरचनामा तोडफोड र आगजनी हुँदा ठूलो भौतिक क्षति पुगेको थियो। केबुलकार, भाटभटेनी सुपरमार्केट, सवारीसाधनका सोरुम, बैंक, होटल, एनसेलका कार्यालय तथा निजी घरलगायतका सम्पत्तिमा क्षति पुगेको थियो।

बीमा दाबी भुक्तानी तत्काल हुन नसक्नुको मुख्य कारण क्षतिको वास्तविक मूल्याङ्कन प्रक्रिया रहेको बीमा क्षेत्रले जनाएको छ। बीमितले क्षतिपूर्ति माग गरेपछि बीमा कम्पनीले सम्बन्धित सर्भेयरमार्फत क्षतिको स्थलगत तथा प्राविधिक मूल्याङ्कन गराउँछ। त्यसपछि सर्भेयरले तयार गर्ने प्रतिवेदनका आधारमा दाबीको वास्तविक र भुक्तानीयोग्य रकम निर्धारण हुन्छ। यद्यपि, बीमा कम्पनीका अनुसार बीमितले पेश गरेको दाबी रकम नै अन्तिम भुक्तानी रकम हुँदैन। बीमा सम्झौताको सीमा, क्षतिको प्रकृति, वास्तविक नोक्सानी तथा आवश्यक कागजातको परीक्षणपछि मात्रै कम्पनीले भुक्तानीयोग्य रकम तय गर्छ।

त्यसैगरी, दाबी प्रक्रियाका क्रममा आवश्यक कागजात समयमै उपलब्ध नहुनु, क्षतिको विस्तृत मूल्याङ्कन गर्न समय लाग्नु र सर्भेयरको प्रतिवेदन प्राप्त हुन ढिलाइ हुनुजस्ता कारणले पनि दाबी फर्छ्योट प्रक्रिया लम्बिन सक्ने बीमा क्षेत्रका अधिकारीहरूको भनाइ छ।

यसरी आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा समेत हजारौं बीमितको दाबी पूर्ण रूपमा टुंगिन नसक्दा क्षतिपूर्ति प्रक्रियाको गति र कार्यसम्पादनबारे प्रश्न उठेको छ। यद्यपि, बीमा कम्पनीहरूले वास्तविक क्षतिको मूल्याङ्कन र आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै कानुनी तथा बीमासम्बन्धी प्रावधानअनुसार भुक्तानी गर्नुपर्ने भएकाले सबै दाबी एकैपटक फर्छ्योट गर्न नसकिने अवस्था रहेको जनाएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/