Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं — प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० गते आएको…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

प्राकृतिक विपद्ले प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रलाई गम्भीर पीडा र चुनौतीको सामना गर्न बाध्य बनाएको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ।

कम्पनीका अनुसार प्रदान गरिएको आर्थिक सहयोगले पीडितहरूले भोग्नुपरेको अपूरणीय क्षति र पीडाको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि दुःख र संकटको घडीमा प्रभावित परिवार तथा समुदायसँगै उभिने प्रतिबद्धता, सहानुभूति र ऐक्यबद्धताको प्रतीकका रूपमा सहयोग उपलब्ध गराइएको हो।

प्रभु इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिकहरू एक्ला नरहेको र राहत तथा पुनःस्थापनाको यात्रामा आवश्यक सहयोग र सहकार्यका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताए। उनले बाढीबाट प्रभावित बीमितहरूको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी ढंगले टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

यस कठिन परिस्थितिमा प्रभावित बीमितहरूले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको जनाएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहज रूपमा सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिरहेका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा विभिन्न सहयोगी संघसंस्थाप्रति सम्मान र आभार व्यक्त गर्दै सबैको साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/