
काठमाडौं — एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औँ बैठकले श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ। उनको जिम्मेवारीसमेत कात्तिक १० गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।
दिनेशलाल श्रेष्ठको राजीनामासँगै एशियन लाइफ इन्स्योरेन्सको नेतृत्वमा होमबहादुर श्रेष्ठले कामु सीईओका रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।






Leave a Reply