Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग

काठमाडौं — भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भदौ १७ गते कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्नेमा नेपाल निर्जीवन बीमा व्यवसायी संघसहित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जिआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।

यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको योगदान रकम २६ हजार २३ हजार १८ रुपैयाँसमेत हस्तान्तरण गरिएको संघले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल निर्जीवन बीमा व्यवसायी संघले दुःख व्यक्त गरेको छ । संघको भदौ १५ गते बसेको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेको थियो । साथै बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै उद्धार कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा मित्रराष्ट्रका उद्धारकर्ताहरूप्रति हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको थियो ।

संघले बाढीका कारण क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीको कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ । विपद्बाट प्रभावित बीमितलाई राहत पुग्ने गरी दाबी भुक्तानीलाई प्राथमिकताका साथ अघि बढाउने संघको भनाइ छ ।

यसैबीच एनएलजी इन्स्योरेन्स र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै बाढीपीडितका लागि सहयोग रकम हस्तान्तरण गरिसकेका छन् । बाँकी निर्जीवन बीमा कम्पनीहरू पनि सहयोग गर्ने क्रममा रहेको संघले जनाएको छ ।

सहयोग रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश संकटमा परेको समयमा निर्जीवन बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/