Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

काठमाडौं — नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज जेठ १३ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। यसका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज जेठ १३ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

यसका लागि बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको हुनु पर्नेछ।

यसका साथै उच्च नैतिक चरित्र भएको, बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायकका पदाधिकारी तथा सदस्यको नियुीिक्त र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैंसठ्ठी वर्ष ननाघेको हुनु पर्नेछ।

यसका साथै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भएको खण्डमा त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्का पट्टा सम्झौता गरी काम गरिरहेको नभएको र मानिसक सन्तुलन ठीक भएको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले तोकिए बमोजिमको आवश्यक कागजात सहित जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा अवस्थित समितिको सचिवालयनमा व्यक्तिगत विवरण पेश गर्नु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/