spot_img
20.9 C
Kathmandu
spot_img
Homeबजारसुन चाँदीनेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं — नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा शुक्रबार उल्लेखनीय गिरावट आएको छ। केही दिनयता निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य आज प्रतितोला ७ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ तोकिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँमा झरेको छ।

महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घटबढ हुने गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here