
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८५५ रुपैयाँ पुगेको छ।



Leave a Reply