Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

समूहको विजेता बन्दै नेपाल एसियन गेम्सका लागि छनोट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङको मद्दतमा नेपालले एसियन गेम्स छनोटको समूह चरणको अन्तिम खेलमा मलेसियामाथि १६७ रनको शानदार जित हात पारेको छ। मलेसियाको फितलो ब्याटिङ नेपालले प्रस्तुत…


विज्ञापनAdvertisement Banner
2 min read

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङको मद्दतमा नेपालले एसियन गेम्स छनोटको समूह चरणको अन्तिम खेलमा मलेसियामाथि १६७ रनको शानदार जित हात पारेको छ।
मलेसियाको फितलो ब्याटिङ
नेपालले प्रस्तुत गरेको २७६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १०८ रन बनाउन सक्यो। उसका लागि कप्तान सयद अजिजले ५४ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। मलेसियालाई सस्तैमा समेट्न नेपालका बलर शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए।
कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
यसअघि सिंगापुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २७५ रनको पहाड खडा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १२६ रनको शतकीय पारी खेले।
यो शतकसँगै भुर्तेलले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लगातार दुई शतक प्रहार गर्ने ऐतिहासिक कीर्तिमान बनाएका छन्। यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रन बनाएका थिए। लगातार दुई शतक प्रहार गर्ने उनी नेपालका पहिलो र विश्वकै दशौँ खेलाडी बनेका छन्। यसका साथै टी-२० खेलमा आफ्नो कुल रन २२४० पुर्‍याउँदै उनी दीपेन्द्रसिंह ऐरीलाई पछि पारेर नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन्। अन्तर्राष्ट्रिय टी-२० मा उनको यो तेस्रो शतक हो।
नेपालका लागि अन्य ब्याटरहरूले पनि राम्रो योगदान दिए। ओपनिङ ब्याटर आशिफ शेखले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रनको आक्रामक पारी खेले। त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन, सन्दीप जोराले १५ रन र लोकेश बमले १० रन जोडे। रोहित पौडेल शून्य तथा करण केसी ७ रनमा आउट भए। चीनलाई पराजित गर्दै नेपाल र मलेसिया दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगेर एसियन गेम्सका लागि छनोट भइसकेका थिए। आजको खेलमा जित हासिल गरेसँगै नेपाल आफ्नो समूहको विजेता बन्न सफल भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/