Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विश्वकपको अन्तिम भिडन्तमा अर्जेन्टिना र स्पेन आमनेसामने, मेसी–यमालको पुस्तागत प्रतिस्पर्धाले बढायो रोमाञ्च

फिफा विश्वकप २०२६ को उपाधि भिडन्त सोमबार बिहान अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा १२:४५ मा सुरु हुँदैछ। अर्जेन्टिना र स्पेनबीच हुने यो फाइनल केवल विश्वकप ट्रफीका लागि मात्र नभई अनुभवी र नयाँ पुस्ताका दुई…


विज्ञापनAdvertisement Banner
3 min read

फिफा विश्वकप २०२६ को उपाधि भिडन्त सोमबार बिहान अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा १२:४५ मा सुरु हुँदैछ। अर्जेन्टिना र स्पेनबीच हुने यो फाइनल केवल विश्वकप ट्रफीका लागि मात्र नभई अनुभवी र नयाँ पुस्ताका दुई फरक फुटबल दर्शनबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी आफ्नो गौरवशाली करियरमा अर्को ऐतिहासिक उपलब्धि थप्ने लक्ष्यमा छन् भने स्पेनका युवा स्टार १९ वर्षीय लामिन यमाल विश्व फुटबलमा नयाँ युगको सुरुवात गर्ने चुनौतीसहित मैदान उत्रनेछन्।

दुवै टोली प्रतियोगिताभर अपराजित रहँदै फाइनलसम्म पुगेका हुन्। अर्जेन्टिनाले कठिन नकआउट चरण पार गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। यता, स्पेनले बल नियन्त्रणमा आधारित आकर्षक र आक्रामक खेल प्रदर्शन गर्दै प्रतियोगिताकै उत्कृष्ट टोलीमध्ये आफूलाई स्थापित गरेको छ।

स्पेनको सशक्त प्रदर्शन

युरोपियन च्याम्पियन स्पेनले सेमिफाइनलमा फ्रान्सलाई प्रभावशाली प्रदर्शनसहित पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। प्रतियोगिताभर बलमाथिको नियन्त्रण र अवसरको सदुपयोगमा उत्कृष्ट देखिएको स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ।

समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि त्यसपछि साउदी अरेबियामाथि ४–० र उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेता बनेको थियो। त्यसपछि अस्ट्रियालाई ३–० ले हराएको स्पेनले पोर्चुगल र बेल्जियमलाई मिकेल मेरिनोको निर्णायक गोलको मद्दतमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

सन् २०१० पछि पहिलो पटक विश्वकपको फाइनल खेल्न लागेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ।

संघर्षपूर्ण यात्रापछि अर्जेन्टिना फाइनलमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले भने उपाधि यात्रामा कडा चुनौती सामना गरेको छ। समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्दै सहज रूपमा नकआउट चरण पुगेको टोलीले त्यसपछि प्रत्येक खेलमा कठिन परीक्षा पार गरेको हो।

अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै ऐतिहासिक पुनरागमनसहित जित हात पारेको थियो।

अब उपाधिका लागि हुने निर्णायक भिडन्तमा अनुभवी मेसीको नेतृत्व र युवा यमालको उदयबीचको प्रतिस्पर्धाले विश्व फुटबलका समर्थकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/