Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भदौ १८ मा ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’, नौ विधामा सम्मान प्रदान गरिने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ आगामी भदौ १८ गते आयोजना हुने भएको छ। तेइसौँ संस्करणको अवार्डबारे बुधबार आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी…


विज्ञापनAdvertisement Banner
3 min read

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ आगामी भदौ १८ गते आयोजना हुने भएको छ। तेइसौँ संस्करणको अवार्डबारे बुधबार आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिएका हुन्।

सोही अवसरमा मञ्च र गोल्छा ग्रुपबीच मुख्य प्रायोजकको सम्झौता नवीकरण पनि गरिएको छ। गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग आबद्ध भएको हो। गत वर्ष दुवै पक्षबीच पाँच वर्षका लागि प्रायोजन सम्झौता भएको थियो। नवीकरण सम्झौतापत्रमा मञ्चका अध्यक्ष अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि निर्देशक गोल्छाले नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा आफ्नो संस्थाको निरन्तर सहयोग रहने बताए। अध्यक्ष अधिकारीका अनुसार यस वर्षको अवार्डमा कुल नौ विधामा उत्कृष्ट खेलकर्मी तथा व्यक्तित्वलाई सम्मान गरिनेछ।

अवार्डअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ।

मञ्चका महासचिव अञ्जन खड्काका अनुसार पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस विधाका मनोनयन सूची केही दिनभित्र सार्वजनिक गरिनेछ। लाइफटाइम एचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथलिट सम्मान र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने अवार्ड समारोहकै दिन हुनेछ। पिपल्स च्वाइस अवार्डमा भोटिङ हुने भएकाले त्यसको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। बाँकी विधाका सम्मानित तथा विजेतालाई जनही एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ।

गत संस्करणमा पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो तथा प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए। सर्वाधिक मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले आफ्नो नाममा पारेका थिए।

त्यसैगरी, स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/