
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा बाट १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ।
बैंकका अनुसार १० प्रतिशत नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश सम्बन्धित प्रक्रिया पूरा भएपछि शेयरधनीलाई वितरण गरिनेछ।






Leave a Reply