Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा हरियाली, २५ अंकभन्दा बढीको वृद्धि

साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक २५.५५ अंकले बढेर २,५८५.०४ विन्दुमा पुगेको छ। सोमबार सेन्सेटिभ इण्डेक्स पनि ४.३४ अंकले उकालो लागेको छ। यस्तै, फ्लोट…


विज्ञापनAdvertisement Banner
1 min read

साताको पहिलो कारोबार दिन सोमबार नेपाली शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक २५.५५ अंकले बढेर २,५८५.०४ विन्दुमा पुगेको छ।

सोमबार सेन्सेटिभ इण्डेक्स पनि ४.३४ अंकले उकालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले वृद्धि भएको छ।

परिसूचकसँगै कारोबार गतिविधिमा समेत सुधार देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ पुगेको छ।

यस दिन कुल ३३६ स्टकको ४९ हजार ७४ पटक कारोबार भएको थियो। उक्त कारोबारमार्फत १ करोड १५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

समग्रमा सोमबार बजार परिसूचकसँगै कारोबार रकम र कारोबार भएको शेयर कित्तामा समेत वृद्धि भएको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/