Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

काठमाडौँ - फिल्म ‘माया भनेकै यस्तो होला’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको औपचारिक छायाङ्कन सुरु गरिएको हो। फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरिरहेकी छन्।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – फिल्म ‘माया भनेकै यस्तो होला’ को छायाङ्कन सुरु भएको छ। सोमबार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको औपचारिक छायाङ्कन सुरु गरिएको हो।

फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरिरहेकी छन्। उनी करिब आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। गत फागुन ३ गते महाशिवरात्रिको अवसर पारेर निर्माण घोषणा गरिएको यो फिल्म दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भइरहेको हो।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल (बेमान), संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको अभिनय रहनेछ। निर्माण पक्षका अनुसार फिल्मले प्रेमको वास्तविक अर्थ र सम्बन्धको भावनात्मक पक्षलाई प्रस्तुत गर्ने प्रयास गर्नेछ।

फिल्मको छायाङ्कन काठमाडौँ आसपासका विभिन्न स्थानमा हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/