Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपालमा वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो

काठमाडौं - नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३ प्रतिशतले कम हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्राप्त सहायता प्रतिबद्धतामध्ये ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो। त्यतिबेला कुल प्रतिबद्धतामध्ये ६९.७ प्रतिशत ऋण र ३०.३ प्रतिशत अनुदानको हिस्सा रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी ४५.३ प्रतिशत ऊर्जा तथा सडक पूर्वाधार क्षेत्रमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ। त्यसपछि सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, जलवायु परिवर्तन क्षेत्रमा १२ प्रतिशत, सहरी विकास क्षेत्रमा ९.५ प्रतिशत, डिजिटल सेवामा ४.५ प्रतिशत, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २.८ प्रतिशत, कृषि, पर्यटन तथा मानव संसाधन क्षेत्रमा ०.८ प्रतिशत र सुशासन तथा अन्य क्षेत्रमा २ प्रतिशत सहायता प्रतिबद्धता रहेको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/