Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यात्रीको नयाँ इलेक्ट्रिक स्कुटर ५ हजारमै बुकिङ, २०७ किलोमिटरसम्म रेन्ज

काठमाडौं - नेपाली इलेक्ट्रिक सवारीसाधन निर्माता यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटरको बुकिङ खुला गरेको छ। कम्पनीले स्कुटरलाई प्रारम्भिक रूपमा ५ हजार रुपैयाँमै बुकिङ गर्न सकिने व्यवस्था गरेको जनाएको छ। यात्रीको नयाँ इलेक्ट्रिक स्कुटरमा अतिरिक्त…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाली इलेक्ट्रिक सवारीसाधन निर्माता यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटरको बुकिङ खुला गरेको छ। कम्पनीले स्कुटरलाई प्रारम्भिक रूपमा ५ हजार रुपैयाँमै बुकिङ गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

यात्रीको नयाँ इलेक्ट्रिक स्कुटरमा अतिरिक्त ब्याट्री राखेर एकपटक चार्ज गर्दा अधिकतम २०७ किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ। स्कुटरलाई फास्ट चार्जिङमार्फत ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ।

ब्याट्रीमा कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले पुग्छ, सो अवधिसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ।

स्कुटरमा ७ इन्चको डिस्प्ले रहनेछ। यसमा Apple CarPlay तथा Android Auto को सुविधा समेत उपलब्ध हुने बताइएको छ। ग्राहकको आवश्यकता र अर्डरअनुसार स्कुटरलाई कस्टमाइज गर्न सकिने सुविधा पनि दिइनेछ।

यात्रीले स्कुटरको वास्तविक मूल्य भने तत्काल सार्वजनिक गरेको छैन। कम्पनीका अनुसार अबको करिब २०–२२ दिनपछि मात्रै मूल्य घोषणा गरिनेछ

बुकिङ गरेपछि मूल्य ग्राहकलाई चित्त नबुझेमा बुकिङबापत बुझाएको सम्पूर्ण रकम फिर्ता लिन सकिने व्यवस्था समेत गरिएको छ। यसले ग्राहकलाई मूल्य सार्वजनिक हुनुअघि नै स्कुटर बुक गर्न सहज बनाएको छ।

नेपाली बजारमा विद्युतीय दुईपांग्रे सवारीसाधनको माग बढिरहेका बेला यात्रीको नयाँ स्कुटरमा रहेको लामो रेन्ज, फास्ट चार्जिङ, स्मार्ट कनेक्टिभिटी र कस्टमाइजेसन सुविधाले ग्राहकको ध्यान खिच्ने देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/