Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

असार मसान्तका अन्तिम तीन दिनमा ५० अर्ब राजस्व उठ्यो

काठमाडौं - नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३०, ३१…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३०, ३१ र ३२ गतेसम्म कुल ५० अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको हो। कार्यालयको तथ्यांकअनुसार असार ३० गते १६ अर्ब ५० करोड रुपैयाँ, असार ३१ गते २१ अर्ब १७ करोड रुपैयाँ र असार ३२ गते १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व उठेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा चालु वर्षको अन्तिम तीन दिनमा संकलित राजस्व अघिल्लो वर्षको तुलनामा कम रहेको देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा राजस्व वृद्धिदर ५ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्मको १० वर्षमा औसत राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। त्यसयता भने राजस्व वृद्धिको गति सुस्त बन्दै गएको देखिन्छ। कार्यालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा राजस्व वृद्धिदर ७ प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ मा ९ प्रतिशत रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/