काठमाडौं ,नेपालको विदेशी मुद्रा सञ्चिति (Foreign Exchange Reserve) इतिहासकै उच्च स्तरमा पुगेर रु. ३७ खर्ब ५५ अर्ब (२४.६७ अर्ब अमेरिकी डलर) पुगेको छ।

बलियो रेमिट्यान्स (विप्रेषण) प्रवाह का कारण विदेशी मुद्रा सञ्चिति अहिले १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।




