काठमाडौं — नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँले पुगेकाे छ।
यता, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।




