Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख राजस्व सङ्कलन

काठमाडौं — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट एकैदिन राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट एकैदिन राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ३४ जना चालक विभिन्न ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका हुन्।

कार्यालयले जनाएको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने ८७ जना तथा तीव्र गतिमा सवारी चलाउने २१० जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा पार्किङ गर्ने ९६ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११० जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९ जना चालकलाई समेत कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/