Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बजेट लेखन टिमले पायो पूर्णता, सहसचिव अमृत लम्साल सदस्यमा नियुक्त

काठमाडौं — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि गठन गरिएको बजेट लेखन टिमलाई पूर्णता दिएको छ। सहसचिव अमृत लम्साललाई सदस्यका रूपमा नियुक्त गरेसँगै टिम पूर्ण बनेको हो। यसअघि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि गठन गरिएको बजेट लेखन टिमलाई पूर्णता दिएको छ। सहसचिव अमृत लम्साललाई सदस्यका रूपमा नियुक्त गरेसँगै टिम पूर्ण बनेको हो।

यसअघि समितिका दुई सदस्य सहसचिवको सरुवापछि पद रिक्त रहेको थियो। संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार मन्त्रालयले तयारीलाई तीव्रता दिएको छ।

अर्थ मन्त्रालयले गत चैत २० गते बजेट लेखन समिति गठन गरेको थियो। तर बजेट निर्माणकै महत्वपूर्ण चरणमा मन्त्रिपरिषद्ले वैशाख १० गते समितिका सदस्य सहसचिव महेश भट्टराई र सेवन्तक पोखरेललाई सरुवा गरेको थियो। मन्त्रालयले औपचारिक कारण सार्वजनिक नगरे पनि उनीहरूको नाम एक व्यवसायीसम्बन्धी अनुसन्धानसँग जोडिएपछि सरुवा गरिएको स्रोतले जनाएको छ।

सरुवापछि भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ।

हाल बजेट लेखन समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री रहेका छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा र सहसचिव अमृत लम्साल रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/