
आरम्भ चौातारी लघुवित्त वित्तीय संस्था को शाखा कार्यालयले आफ्ना सदस्यहरूका लागि वित्तीय साक्षरता सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका गण्डकी प्रदेश प्रमुख मधु कुंवरले सहभागीलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो । उहाँले वित्तीय संस्थाको सेवासुविधा, बचत, ऋण व्यवस्थापन तथा वित्तीय सुरक्षा सम्बन्धी विषयमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा राङखोलाका शाखा प्रमुख सुमन बस्यालको अध्यक्षतामा प्रमुख अतिथि पुतलीबजार नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अग्नी प्रसाद पौडेल रहनु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका चापाकोट शाखाका शाखा प्रमुख तुल्सीराम पंगेनले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ,स्थानिय सस्था तथा समुदायका अगुवाहरु ,समाजसेवीहरुको आतिथ्यता रहेको कार्यक्रममा ७७ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले सदस्यहरूलाई वित्तीय सचेतना बढाउने तथा वित्तीय संस्थासँग सम्बन्धित गुनासोहरू सुनुवाई गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ । कार्यक्रमले २०८३ भाद्र १० गतेको वाढिका कारण मृत्युबरण गर्नेको शान्तीका लागि शोक सभा समेत संचालन गरेको थियो ।
बनेपामा केन्द्रिय कार्यालय भएको आरम्भ चौतारी लघुवित्त वित्तीय सस्थाले ५७ वटा जिल्लामा १३४ वटा शाखा संजाल मार्फत १ लाख ९ हजार भन्दा वढि सदस्यमा वित्तीय सेवा प्रदानको अत्तिरीत सदस्य सिप विकाश तालिम , ग्राहक संरक्षण अन्र्तगतका तालिमहरु तथा वित्तीय सचेताना सम्वन्धि कार्यक्रहरु समेत गर्दै आईरहेको छ ।






Leave a Reply