Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भोटेकोशी बाढीपछि उद्धारमा प्राविधिक चुनौती, विदेशसँग विशेष उपकरण माग

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै जोखिम कम गर्न आवश्यक उच्च प्राविधिक सामग्रीको सूची तयार पारेर विदेशी नियोग तथा मित्रराष्ट्रहरूसँग सहयोग मागिएको हो। भोटेकोशी नदीमा आएको…


विज्ञापनAdvertisement Banner
2 min read

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, प्रभावित क्षेत्रमा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै जोखिम कम गर्न आवश्यक उच्च प्राविधिक सामग्रीको सूची तयार पारेर विदेशी नियोग तथा मित्रराष्ट्रहरूसँग सहयोग मागिएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार अभियान थप जटिल बनेसँगै नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उद्धार उपकरण तथा विशेष सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धार तथा बाक्लो लेदोका कारण उद्धारकर्मीको प्रत्यक्ष पहुँच पुग्न नसकेका स्थानमा खोजी कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयले जनाएको छ। यस्ता परिस्थितिमा आवश्यक पर्ने प्राविधिक क्षमता र उपकरण नेपालसँग पर्याप्त नभएकाले अन्तर्राष्ट्रिय सहयोग खोजिएको हो।

सरकारले कठिन भूबनोट, पहिरो प्रभावित क्षेत्र तथा सुरुङभित्रको अवस्थाबारे स्क्यान गरी बेपत्ता व्यक्तिको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडर उपलब्ध गराउन आग्रह गरेको छ। त्यस्तै, बाक्लो लेदो तथा सुरुङभित्र प्रवेश गरेर उद्धार गर्न आवश्यक पर्ने विशेष मड तथा टनेल रेस्क्यु सुट पनि माग गरिएको छ।

बाढीका कारण डुबानमा परेका क्षेत्र तथा जलविद्युत् आयोजनाका सुरुङमा जम्मा भएको पानी र लेदो छिटो हटाउन उच्च क्षमताका पम्प आवश्यक रहेको सरकारको भनाइ छ।

बाढीले क्षति पुर्‍याएका पुलका कारण अवरुद्ध सडक सञ्जाललाई तत्काल सञ्चालनमा ल्याउन बेली ब्रिजको व्यवस्था गर्न पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको छ। साथै, पहिचान तथा उद्धार प्रक्रियामा आवश्यक पर्ने डीएनए परीक्षण किट र प्रयोगशालाका लागि ल्याब फ्रिजरसमेत सहयोगका रूपमा माग गरिएको छ।

यसैबीच, विपद्पछि प्रभावित क्षेत्रमा सरुवा रोग तथा महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक चिकित्सकीय तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, जोखिम न्यूनीकरण, पूर्वाधार पुनःस्थापना र सम्भावित स्वास्थ्य संकट नियन्त्रणका लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउन सरकारले विदेशी नियोग तथा मित्रराष्ट्रहरूलाई आग्रह गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/