Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विपत्तिपछि सरकार उद्धार र राहतमा केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिलाई सिंगो मुलुककै साझा पीडाका रूपमा चित्रण गरेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको…


विज्ञापनAdvertisement Banner
2 min read

प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिलाई सिंगो मुलुककै साझा पीडाका रूपमा चित्रण गरेका छन्।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले छोटो समयमै ठूलो जनधनको क्षति पुर्‍याएको बताए। उनले विपत्तिमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अझै आफ्ना आफन्त सम्पर्कविहीन रहेका परिवारको पीडाप्रति सरकार गम्भीर रहेको बताए। उनका अनुसार विपत्तिको असर रसुवा, नुवाकोट र धादिङमा मात्र सीमित नभई सिंगो देशले महसुस गरिरहेको छ।

प्रधानमन्त्री शाहले संकटको समयमा नेतृत्वले थकान वा निराशाका कारण पछि हट्ने अवस्था नरहेको स्पष्ट पारे। जनताको दुःखमा केवल संवेदना व्यक्त गरेर बस्नेभन्दा उनीहरूलाई हिम्मत, भरोसा र आवश्यक सहयोग उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।

उनले विपत्तिको सामना गर्न सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गर्दै उद्धार, राहत तथा प्रभावित नागरिकको जीवनरक्षाका लागि आवश्यक सबै प्रयास जारी राखिएको बताए।

प्रधानमन्त्री शाहले बाढीपछि सरकारले नागरिकको जीवनरक्षाका लागि गरेका काम, हाल सञ्चालनमा रहेका उद्धार तथा राहतका प्रयास र आगामी दिनमा अपनाइने योजनाबारे प्रतिनिधिसभालाई जानकारी गराउने क्रममा सरकारको ध्यान प्रभावित क्षेत्र र नागरिकको सुरक्षामा केन्द्रित रहेको बताए।

उनले यस्तो कठिन परिस्थितिमा राज्यका सबै संयन्त्र, राजनीतिक नेतृत्व र नागरिक एकजुट भएर विपत्तिको सामना गर्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/