Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार १२७ नाघ्यो

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १५५ जना, धादिङमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।

जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा ३४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१७ जना, नवलपरासी पश्चिममा १९० जना र भारतमा ९ जना गरी १ हजार १२७ जनाको शव फेला परेको हो।

फेला परेको शवहरू मध्ये १ हजार ११३ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएको ९११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना नेपाल प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८५८ जनाको खोजी कार्य भइरहेको छ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/