Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एउटै घरमा २४ शव फेला, मुचुल्का सम्पन्न गरी व्यवस्थापनका लागि पठाइँदै

काठमाडौं — भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा प्रहरीले नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एक घरबाट २४ वटा शव फेला पारेको छ। नेपाल प्रहरीले ड्रोन क्यामेरामार्फत खोजी गर्ने…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा प्रहरीले नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एक घरबाट २४ वटा शव फेला पारेको छ।

नेपाल प्रहरीले ड्रोन क्यामेरामार्फत खोजी गर्ने क्रममा उक्त घर आसपास एक शव देखेपछि उद्धार तथा खोजी टोली मंगलबार घटनास्थल पुगेको थियो। बाढीले बगाएर ल्याएको दलदले हिलो र भग्नावशेषका कारण घटनास्थलसम्म पुग्न निकै कठिन भए पनि प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोलीले जस्तापाता, काठ र डोरीलगायत सामग्रीको सहायतामा घरसम्म पुग्न सफल भएको थियो।

घरभित्र प्रवेश गरी थप खोजी गर्ने क्रममा २४ वटा शवसमेत फेला परेका हुन्। फेला परेका २४ शवमध्ये १ बालिका, ११ पुरुष र १२ महिला रहेका छन्। प्रहरीका अनुसार शवको मुचुल्का कार्य सम्पन्न गरी व्यवस्थापनका लागि पठाउने कार्य भइरहेको छ। दलदले हिलोका कारण घटनास्थलबाट शव व्यवस्थापन गर्न हेलिकप्टर आवश्यक पर्ने भएकाले उद्धार तथा व्यवस्थापनमा कठिनाइ भइरहेको छ।

उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/