Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढी प्रभावित हाइड्रोको शेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ ।…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ ।

त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीका कारण क्षति पुगेपछि बोर्डले लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता र धितोपत्र कारोबारलाई व्यवस्थित गर्न यस्तो निर्देशन दिएको हो ।

बोर्डले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । साथै, प्रभावित कम्पनीबाट आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको प्रभावको विवरण संकलन गरी कम्पनीका आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नसमेत भनेको छ ।

बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजना रहेको स्थान, विपद् आएको मिति र प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको असर, प्रभावित उत्पादन क्षमता, मानवीय क्षतिको विवरण तथा प्रसारण र वितरण पूर्वाधारमा परेको प्रभावबारे जानकारी सार्वजनिक गर्नुपर्नेछ ।

त्यसैगरी, आयोजना तथा सम्पत्तिको बीमा गरिएको वा नगरिएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय, बैंक ऋण तथा ऋण तिर्ने क्षमतामा पर्न सक्ने असर र कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमसमेत सार्वजनिक गर्नुपर्नेछ ।

बोर्डले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्दै अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद–बिक्री आदेश तथा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारको निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन बोर्डले भनेको छ ।

प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्प तथा अन्य असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत बोर्डले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/