Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज रसुवा र नुवाकोटमा उच्च र अन्य ३१ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौं - जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भदौ १४ गते रसुवा र नुवाकोटमा बाढीको उच्च जोखिम रहेको छ भने अन्य ३१ जिल्लामा मध्यम जोखिम रहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भदौ १४ गते रसुवा र नुवाकोटमा बाढीको उच्च जोखिम रहेको छ भने अन्य ३१ जिल्लामा मध्यम जोखिम रहेको छ।

महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर र गोरखामा बाढीको मध्यम जोखिम रहेको छ।

त्यसैगरी लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कन्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। भोलि भदौ १५ गते सातै प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पनि महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/