Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

केरुङ भन्सार क्षेत्रमा बाढीको वितण्डा, ६ सयभन्दा बढी नयाँ सवारीसाधनमा क्षति

भोटेकोशिमा आएको बाढीले रसुवाको केरुङ नाका नजिकै रहेको भन्सार क्षेत्रका ६ सयभन्दा बढी नयाँ सवारीसाधन बगाएको छ। भन्सार प्रक्रिया पूरा गरेर नेपालतर्फ ल्याउने तयारीमा राखिएका ठूलो संख्याका गाडी बाढीमा परेपछि अटो व्यवसायीहरूले…


विज्ञापनAdvertisement Banner
2 min read

भोटेकोशिमा आएको बाढीले रसुवाको केरुङ नाका नजिकै रहेको भन्सार क्षेत्रका ६ सयभन्दा बढी नयाँ सवारीसाधन बगाएको छ। भन्सार प्रक्रिया पूरा गरेर नेपालतर्फ ल्याउने तयारीमा राखिएका ठूलो संख्याका गाडी बाढीमा परेपछि अटो व्यवसायीहरूले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ।

व्यवसायीहरूका अनुसार बाढीमा परेका अधिकांश सवारीसाधन राजधानीमा जारी ‘नाडा अटो शो’ तथा हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’लाई लक्षित गरेर आयात गरिएका थिए। प्रदर्शनी तथा बजारमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी भइरहेका बेला गाडीहरू बाढीले बगाएपछि व्यवसायीहरू थप समस्यामा परेका छन्।

बाढीबाट विशेषगरी विद्युतीय सवारीसाधन ९इभी० मा ठूलो क्षति पुगेको बताइएको छ। व्यवसायीहरूले बिवाइडी, एमजी, ओमोडा एन्ड जेको र वुलिङलगायत ब्रान्डका नयाँ मोडलका सवारीसाधन बाढीमा बगेको पुष्टि गरेका छन्।

प्रारम्भिक विवरणअनुसार बिवाइडी र एमजीका मात्रै ३ सय ५० भन्दा बढी सवारीसाधन बाढीको चपेटामा परेका छन्। तीमध्ये प्रदर्शनी तथा बिक्रीका लागि नेपाल ल्याइएका नयाँ विद्युतीय गाडीको संख्या उल्लेख्य रहेको व्यवसायीहरूको भनाइ छ।

भन्सार क्षेत्रमा ठूलो संख्यामा सवारीसाधन एकैपटक क्षतिग्रस्त भएपछि आयातकर्ता तथा डिलरहरूलाई आर्थिक भार थपिएको छ। बाढीबाट भएको वास्तविक क्षतिको विवरण संकलन तथा मूल्यांकनको काम अघि बढ्दै गएपछि कुल क्षतिको परिमाण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

केरुङ नाका हुँदै नेपाल भित्रिएका सवारीसाधन राजधानी ल्याउनुअघि भन्सार क्षेत्रमा राखिएका अवस्थामा बाढी आएको थियो। बाढीको तीव्र बहावका कारण तयारी अवस्थामा रहेका नयाँ गाडीहरू सुरक्षित स्थानमा सार्नसमेत समय नपाएको व्यवसायीहरूले बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/