Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढीपीडितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग गर्ने

नेपालमा बुधबार विहान आएको बाढीका कारण प्रभाबितको तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोग र समन्वय अघि बढाएका छन्। छिमेकी भारतले बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक पर्ने…


विज्ञापनAdvertisement Banner
2 min read

नेपालमा बुधबार विहान आएको बाढीका कारण प्रभाबितको तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले सहयोग र समन्वय अघि बढाएका छन्।

छिमेकी भारतले बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक पर्ने राहत सामग्रीको विवरण उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। सरकारले आवश्यक सामग्रीको सूची तयार गरी भारतीय पक्षसँग समन्वय गरिरहेको जनाएको छ। बाढीको घटनाबारे जानकारी प्राप्त भएलगत्तै नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतमार्फत आपत्कालीन सहयोगका रूपमा करिब २५ अर्ब रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी दिएका थिए।

चीन सरकारले पनि विपद् प्रभावित नेपाललाई तत्काल सहयोग उपलब्ध गराउने तयारी गरेको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। छिमेकी राष्ट्र तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अन्तरसरकारी समन्वयमार्फत प्राप्त सहयोगलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा सहयोगको मोडालिटीबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको बताएका छन्।

सरकारले तत्कालीन राहतसँगै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेर सहयोग परिचालन गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/