
सोमबार बसेको कोशी प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभा बैठकमा भएको मतदानमा उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा २२ मत खसेको छ।
विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। नेपाली कांग्रेसका सांसदहरूले भने मुख्यमन्त्री कार्कीको विपक्षमा मत दिएका छन्।
कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद रहेका छन्। दुवै दलका सबै सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।
सभामुखसहित प्रदेशसभामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू भने मतदानमा तटस्थ बसेका छन्। त्यस्तै ,जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बु भने सोमबारको प्रदेशसभा बैठकमा अनुपस्थित रहिन्।
मतदानको परिणामसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएको छ।






Leave a Reply