Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं — सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद भएको भनिएका सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद भएको भनिएका सामग्रीसहित २४ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेको छ।

सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न नदिएको विषयमा समेत त्यसको आधार र कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।

अदालतले भदौ ४ गते प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा बरामद भएको भनिएका सामग्री पनि पेसीका दिन अदालतमा पेस गर्न जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ।

सर्वोच्चको आदेशमा आदेश जारी हुन नपर्ने भए त्यसको आधार र कारण खुलाई आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

त्यसैगरी, निवेदनसँग संलग्न भदौ ४ गतेको खानतलासी पूर्जीअनुसार प्रसाईंको घर खानतलासी गर्दा बरामद भएका भनिएका सामग्रीसमेत पेसीका दिन लिएर आउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउन अदालतले आदेश दिएको हो।

प्रसाईंको रिटमा प्रहरीले उनको घरमा खानतलासी गरेको तथा घरबाहिर हिँडडुलमा रोक लगाएको विषयलाई चुनौती दिइएको थियो। सर्वोच्चको पछिल्लो आदेशसँगै अब विपक्षीको लिखित जवाफ र खानतलासीका क्रममा बरामद भनिएका सामग्री अदालतमा पेस हुने भएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/