
नेपालले आर्थिक वर्ष २०८२/०८३ को अवधिमा भारतबाट १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्वदेशमा विद्युत्को माग पूरा गर्न सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको जानकारी दिए ।
मन्त्री श्रेष्ठका अनुसार नेपालको अधिकांश विद्युत् उत्पादन नदी प्रवाहमा आधारित आयोजनाबाट हुने भएकाले मौसमअनुसार उत्पादनमा ठूलो उतारचढाव देखिन्छ । वर्षायाममा खोलानदीमा पानीको बहाव बढ्दा विद्युत् उत्पादन उच्च हुने गरेको छ भने सुख्खायाममा पानीको उपलब्धता घटेसँगै उत्पादन पनि कम हुने गर्छ ।
सुख्खायाममा आन्तरिक उत्पादन घट्ने तर विद्युत्को माग भने कायम रहने भएकाले आपूर्ति व्यवस्थापनका लागि भारतबाट बिजुली ल्याउनुपरेको मन्त्री श्रेष्ठले बताए ।
उनका अनुसार वर्षायाममा स्वदेशी उत्पादन पर्याप्त हुने अवस्था रहे पनि सुख्खायाममा देखिने उत्पादन कमी पूर्ति गर्न विद्युत् आयात आवश्यक बनेको हो ।






Leave a Reply