Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दोस्रो पाक्षिकको करदाता पुरस्कार ,३५० रुपैयाँको खरिदमै १० लाखको उपहार

गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट केवल ३५० रुपैयाँको सामान खरिद गरी बिल दर्ता गराएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार हात पारेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले करदाता…


विज्ञापनAdvertisement Banner
2 min read

गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट केवल ३५० रुपैयाँको सामान खरिद गरी बिल दर्ता गराएका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार हात पारेका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार योजनाअन्तर्गत साउनको दोस्रो पाक्षिक (साउन १६ देखि ३१ गतेसम्म) का विजेताहरू सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले गोलाप्रथामार्फत विजेताको छनोट तथा पुरस्कार घोषणा गरेका हुन्।

थप १५ जना उपभोक्ता पनि विजेता बनेका छन्। उनीहरूले नियमअनुसार कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

साउनको पहिलो १५ दिनमा ७ हजार ७७ वटा मात्र बिल अपलोड भएका थिए। दोस्रो पाक्षिकमा भने बिल अपलोडको संख्या तीव्र रूपमा बढेर ३ लाख ५७ हजार १४९ पुगेको छ। नियमित रूपमा बिल लिने तथा डिजिटल माध्यमबाट भुक्तानी गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो योजनाप्रति सर्वसाधारणको चासो उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा कुल ३ करोड २४ लाख ४३ हजार २२९ वटा कारोबार उपहार योजनाको प्रक्रियामा समेटिएका थिए। यही ठूलो संख्याका कारोबारबाट गोलाप्रथामार्फत १६ जना भाग्यशाली उपभोक्ता छनोट गरिएको हो। क्यूआर कोडमार्फत भुक्तानी गर्दा उपहार योजनामा स्वतः सहभागी हुने व्यवस्थाले डिजिटल कारोबारलाई समेत बढावा दिएको देखिएको छ।

विभागले योजनाले उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रेरित गर्नुका साथै डिजिटल भुक्तानी र औपचारिक कारोबारको संस्कृतिलाई थप बल पुग्ने अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/