Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सहसचिव दाहाललाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

विशेष अदालतका न्यायाधिसहरु हेमन्त रावल ,नारायणप्रसाद पौडेल र विदुर कोइराला सम्मिलित इजलासले सहसचिव मदन दाहाललाई धरौटीमा छाड्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित सहसचिव मदन दाहाललाई विशेष अदालतले १५ लाख रुपैयाँ…


विज्ञापनAdvertisement Banner
1 min read

विशेष अदालतका न्यायाधिसहरु हेमन्त रावल ,नारायणप्रसाद पौडेल र विदुर कोइराला सम्मिलित इजलासले सहसचिव मदन दाहाललाई धरौटीमा छाड्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित सहसचिव मदन दाहाललाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दाहालमाथि हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको करिब ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कोष दुरुपयोगमा भूमिका खेलेको तथा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षसमेत रहदा दाहालमाथि एउटै कम्पनीमा पटक–पटक समान प्रकृतिको लगानी गर्न स्वीकृति दिएको आरोप लागेको थियो।

मुद्दामा दाहालको भूमिकालाई लिएर विभागले विभिन्न वित्तीय निर्णय र लगानी प्रक्रियामाथि प्रश्न उठाएको थियो। अदालतले भने बयानपछि तोकिएको धरौटी रकम बुझाएर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/