Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सर्वोच्चद्वारा मिलन गुरुङ दम्पतीलाई सफाइ, विशेष अदालतको फैसला कायम

गुण्डागर्दीमार्फत अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको छ। सम्पत्ति शुद्धीकरण विभागले गुरुङसँग करिब ८ करोड…


विज्ञापनAdvertisement Banner
1 min read

गुण्डागर्दीमार्फत अवैध सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको छ।

सम्पत्ति शुद्धीकरण विभागले गुरुङसँग करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको दाबी गरे पनि न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले करिब आठ वर्षअघि विशेष अदालतले गरेको निर्णयलाई यथावत् राख्ने फैसला सुनाएको हो।

विशेष अदालतले २०७४ साल माघ १० गते उनीहरूलाई आरोपबाट सफाइ दिएको थियो। उक्त निर्णयप्रति असन्तुष्ट विभागले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको भए पनि सर्वोच्चले विशेष अदालतकै फैसला कायम राख्दै पुनरावेदन खारेज गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/