
काठमाडौं – सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् ।
गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा चार महिनापछि फर्केको कम्पनीले जनाएको छ ।
सिआईबीले गरेको चार महिना लामो अनुसन्धानको क्रममा मुद्दा चलाउनका लागि अनुसन्धान प्रतिवेदन नै नबुझाएपछि उनि काममा फर्किएका हुन । अर्याललाई सिआईबीले चैत्र २२ गते नै रिहा गरेको थियो ।






Leave a Reply