Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ग्यास आपूर्ति सहज बनाउन सरकार सक्रिय, चाडपर्व लक्षित आयात बढाइने

खाना पकाउने एलपी ग्यासको पछिल्लो आपूर्ति अवस्थाबारे समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास आपूर्तिमा देखिएको अवस्थाको समीक्षा…


विज्ञापनAdvertisement Banner
2 min read

खाना पकाउने एलपी ग्यासको पछिल्लो आपूर्ति अवस्थाबारे समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास आपूर्तिमा देखिएको अवस्थाको समीक्षा गर्दै अभावका कारण र समाधानका उपायबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको थियो।

बैठकमा सहभागी व्यवसायीहरूले बजारमा प्रचार गरिएजस्तो वास्तविक ग्यास अभाव नरहेको बताएका छन्। पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि आपूर्ति व्यवस्थापनका लागि केही समय ७.१ किलोको आधा सिलिन्डर वितरण गरिएको थियो। अहिले पुनः १४.२ किलो क्षमताका भरिएका सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एक्कासि बढेको उनीहरूको भनाइ छ।

व्यवसायीका अनुसार भारतबाट पर्याप्त ग्यास आइरहेको तथा आयातको परिमाण अघिल्लो समयभन्दा बढेकै भए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्न थालेकाले बजारमा असहज अवस्था देखिएको हो। बैठकले ग्यास वितरणमा समस्या देखिएका जिल्लामा आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने निर्णय गरेको छ।

विभिन्न मन्त्रालयका सहसचिवहरू तथा ग्यास उद्योगीहरु सहभागी बैठकमा आगामी चाडपर्वको समयमा ग्यासको माग उल्लेखनीय रूपमा बढ्ने अनुमान गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाइने पनि बैठकले जनाएको छ। मुख्यसचिव कार्कीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि सरकार र सरोकारवालाबीच निरन्तर संवाद तथा समन्वयलाई अघि बढाइने बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/