Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु बैंककी पूर्व सिबिओ रश्मी पन्त सिआइबीको नियन्त्रणमा

बुधबार दिउँसो प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। उनलाई काठमाडौंको तीनकुने क्षेत्रबाट नियन्त्रणमा लिएको सिआइबी ले जनाएको छ। प्रारम्भिक…


विज्ञापनAdvertisement Banner
1 min read

बुधबार दिउँसो प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। उनलाई काठमाडौंको तीनकुने क्षेत्रबाट नियन्त्रणमा लिएको सिआइबी ले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कर्जा रकमको दुरुपयोगसँग सम्बन्धित मुद्दामा पन्तलाई पक्राउ गरिएको हो। उनीमाथि रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने क्रममा अनियमितता गरेको आरोप लाग्दै आएको छ।

यसअघि सोही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशि पौडेललाई पनि सिआइबीले असार ३० गते पक्राउ गरेको थियो। अनुसन्धान प्रक्रिया अझै जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/