Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनसरी घटनाबारे मन्त्रिपरिषद् मौन, राहत र क्षतिपूर्तिबारे निर्णय सार्वजनिक भएन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरे पनि सुनसरी घटनाका बारे के भयो भन्ने केहि खुलाइएको छैन। यद्यपि, सुनसरीमा भएको घटनाका विषयमा सरकारले कुनै औपचारिक…


विज्ञापनAdvertisement Banner
1 min read

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरे पनि सुनसरी घटनाका बारे के भयो भन्ने केहि खुलाइएको छैन।

यद्यपि, सुनसरीमा भएको घटनाका विषयमा सरकारले कुनै औपचारिक निर्णय वा जानकारी सार्वजनिक गरेको छैन। घटनापछि पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने घोषणा हुने अपेक्षा गरिएता पनि त्यससम्बन्धी कुनै विवरण सार्वजनिक भएन।

बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका थिए। त्यसक्रममा सञ्चारकर्मीले सुनसरी घटनाबारे प्रश्न उठाए पनि उनले त्यस विषयमा कुनै प्रतिक्रिया वा थप जानकारी दिएनन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/